२६ कानून राजपत्रमा प्रकाशित

रुपन्देही, ५ वैशाख – बुटवल उपमहानगरपालिकाले तयार गरेको ऐन, नियमावली, कार्यविधि र निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रमाणीकरण भएका २६ वटा कानून राजपत्रमा प्रकाशन गरी आज सार्वजनिक गरेका हुन् । कार्य सम्पादन नियमावली–२०७४, नगरसभा सञ्चालन कार्यविधि–२०७४, निर्माण व्यवसाय ऐन–२०७४, न्यायिक कार्यविधि–२०७४, फोहोरमैला व्यवस्थापन ऐन–२०७४ लगायत छन् । उपमहानगरपालिकाका प्रमुख सुवेदीले राजपत्रमा प्रकाशित कानून प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरिने बताए । नगरपालिकाका ३७५ आयोजना कार्यान्वयनमा भएको उल्लेख गर्दै उनले बुटवलमा रहेका ऐतिहासिक, पुरातात्विक, सामरिक गाथा बोकेका धरोहरको संरक्षण गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?