काठमाडौं, ४ बैशाख – सुत्केरीले अकालमा ज्यान गुमाउने अवस्थामा उल्लेखनीय सुधार गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा पुरस्कृत भए पनि मातृमृत्युदर न्यूनीकरण अभियानले चार वर्षयता अपेक्षाकृत सफलता पाउन सकेको छैन । चार वर्षअघि मातृमृत्युदर घटाउने अभियान प्रसंशनीय ढंगले अघि बढेको थियो । त्यसपछि अभियान अपेक्षाकृत सफल नभएकोमा स्वास्थ्य अधिकारी नै असन्तुष्ट छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।सरकारले सुरक्षित मातृत्वलाई उच्च प्राथमिकतामा राखे पनि केही वर्षयता अपेक्षाअनुरूप सफल हुन नसकेको स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बताए । सन् १९९० मा प्रति एक लाख जीवित जन्ममा मातृमृत्युदर ५ सय ३९ थियो । सन् २०१५ सम्ममा दुई तिहाइ मातृमृत्युदर घटाउने लक्ष्य सहस्राब्दी विकासमा राखिए पनि सोअनुरूप सफलता हासिल भएन । उनका अनुसार सन् २०१५ मा प्रति १ लाख जीवित जन्ममा मातृमृत्युदर १ सय ७० मा झर्नु पथ्र्यो ।सुरक्षित मातृत्व सेवामा सरकारले धेरै काम गरे पनि अझै प्रति १ लाख जीवित जन्ममा २ सय ३९ जना आमाको मृत्यु हुने गरेको स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखा निर्देशक डा.तारानाथ पोखरेल भन्छन्, ‘अझै पनि धेरै गर्भवती घरमै सुत्केरी हुने गरेका छन् ।’ झण्डै ४१ प्रतिशत गर्भवती घरमै सुत्केरी हुने गरेको सरकारी तथ्यांक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया