भारतीय राजदूतावास इकाइ कार्यालयको पर्खालमा बम विष्फोट

विराटनगर, ३ वैशाख- विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा आज साँझ बम विष्फोट भएको छ ।आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए ।मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?