काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोगलगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सक्कल फाइल झिकाउने आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीशद्वय दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासले फैसला निर्णयको सक्कल फाइल झिकाउने आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।
जसअनुसार संयुक्त इजलासले ओलीले दायर गरेको मुद्दाका विपक्षीहरु सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, संघीय संसद् सचिवालय र लुम्बिनी प्रदेशसभासँग सक्कल फाइल झिकाउन माग गरिएको छ ।
न्यायाधीशद्वयको संयुक्त इजलासले सभामुख र निर्वचन आयोगलगायत विपक्षीलाई सक्कल कागजात मगाई त्यसपछि निर्णय गर्ने समेत जनाएको छ ।
एमाले अध्यक्ष ओलीले एमालेका १४ सांसदहरुलाई कारबाही गरेका थिए । तर सभामुख अग्निप्रसाद साकोटाले कारबाहीलाई सदर नगरेको र निर्वाचन आयोगले १४ सांसदलाई सनाखत गरेको भन्दै ओलीले रिट दर्ता गरेका थिए ।
उक्त मुद्दामा भदौ २८ गते र सोमबार पनि पेसी तोकिएको थियो । तर ‘हेर्दाहेर्दैमा’ राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया