चुनावपछि माधव नेपालको अस्तित्व समाप्त हुन्छ : गोकुल बाँस्कोटा

लोकपथ
119
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले चुनावपछि माधव नेपालको अस्तित्व समाप्त हुने बताएका छन् ।

आज मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले चुनावपछि माधव नेपालको अस्तित्व समाप्त हुने दाबी गरेका हुन् ।

भ्रममा परेर माधव नेपालको पछि लागेकाहरू एमालेमा फर्कन्छन् । माधव नेपालले विद्रोह होइन अध्यादेशले पार्टी बनाएका हुन् । उनले भने ।

उनले वर्तमान सरकार जनादेशले नभई परमादेशले बनेको भन्दै यो सरकारले कुनै काम गर्न नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?