जबजबारे मदन भण्डारीको देहान्तपछि छलफल गर्न छोडियो : घनश्याम भुसाल

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले विधान महाधिवेशनका लागि स्थायी कमिटीमा प्रस्तुत कार्यक्रमिक तथा संगठनात्मक प्रस्तावमाथि टिप्पणी पेस गरेका छन्।

जनताको बहुदलीय जनवादबारे पार्टीमा मदन भण्डारीको देहान्तपछि छलफल गर्न छोडेको उनको टिप्पणी छ।

‘उहाँले जनताको बहुदलीय जनवादलाई कार्यक्रमको रुपमा अगाडि सार्नुभएको थियो। छैटाैँ महाधिवेशनमा त्यसलाई सिद्धान्त निर्माणको कुनै आधार नै नदिइकन सिद्धान्त भनियो। सातौँमा नयाँ केही गरिएन। आठौँ महाधिवेशनमा जनताको बहुदलीय जनवादका विशेषता केके हुन् भनेर क. झलनाथ खनालले लामो व्याख्या गर्नुभयो तर सिद्धान्तको रुपमा त्यसको पुष्टि गर्नु भएन’, उनले भनेका छन्।

त्यसका विशेषताहरुलाई वामदेव गौतमले पनि व्याख्या गरेको बताउँदै उनले जनताको बहुदलीय जनवादलाई क्रान्तिको सिद्धान्त बनाउँदा त्यसको परिभाषा ‘लोकतान्त्रिक बाटोबाट श्रमजीवी वर्गको पक्षमा समाजको रुपान्तरण’ भन्नु पर्छ भनेर आफूले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?