काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज ७ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच सभामुख अग्निप्रसाद सापकोटाले सभा सञ्चालन गरेका थिए । आजको बैठकमा विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ । त्यस्तै राष्ट्र ऋण उठाउनेसम्बन्धी अध्यादेश २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
त्यस्तै आजको बैठकमा आर्थिक अध्यादेश २०७८ प्रस्तुत भएको छ । भने अर्को बैठकमा उक्त विधेयकमाथि छलफल हुनेछ ।
अर्को बैठक असोज ७ गते बिहीबार २ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
गत भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधिसभाको नवौँ अधिवेशनका बैठकहरुमा नेकपा एमालेले निरन्तर अवरोध गर्दै आइरहेको छ । केही दिन संसदमा आक्रामक रुपमा प्रस्तुत भएको एमाले पार्टीको सर्कुलरपछि भने नाराबाजीमा मात्र सीमित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया