एमालेमा ७० वर्षे उमेर हद कायमै

लोकपथ
357
Shares

काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ ।

आइतबार सुरु भएको स्थायी कमिटी बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षे उमेर हद कायमै राख्ने उल्लेख गरिएको छ ।

१५–१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि आइतबारदेखि छलफल सुरु भएको छ ।

स्थायी कमिटी बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु अमृतकुमार बोहरा, केशव बडाल र पुष्प कँडेलले प्रस्तावमाथि टिप्पणी राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?