काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्दै छ ।
बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो १ बजे बस्नेगरी बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
आजको बैठकमा असोज १५ देखि १७ सम्म काठमाडौंमा हुनेगरी तय गरिएको विधान महाधिवेशनका विषयमा छलफल गरिने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया