कुन देशको मुद्राको भाउ कति ? यस्तो छ आजको विनिमयदर(सूचीसहित)

लोकपथ
338
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विभिन्न देशको मुद्राको भाउ सार्वाजनिक गरेको छ ।

जसअनुसार अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ २७ पैसा, बिक्रीदर ११७ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८९ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा, बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा, कतारी रियल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुवेती दिनारको खरिददर ३ सय ८९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३ सय ९१ रुपैयाँ ७२ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?