काठमाडौं । गत भदौ १८ र २१ गते देशका ५७ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ ।
क्रियाशील सदस्यता विवादका कारण बाँकी रहेका २० जिल्लामा आगामी असोज ५ गतेका लागि अधिवेशन तोकिएको छ । त्यसमा देशको केन्द्रीय राजधानी काठमाडौं समेत परेको छ । भने यता कांग्रेसको केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्लामा समेत वडा अधिवेशनमा विवाद देखिएको छ ।
क्रियाशील सदस्यता विवादका कारण प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाको जिल्ला अधिवेशनमा समस्या देखिएको हो ।
सोही क्रममा बाँकी २० मध्ये ७ जिल्लामा क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भइसकेको छ । त्यस्तै अन्य १३ जिल्लामा भने अझै अधिवेशनबारे अन्यौलता देखिएको छ । जसमा प्रदेश नं २ का कुनै पनि जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । जसमध्ये काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कपिलवस्तु, बाजुरा र बर्दिया लगायतका जिल्लाहरुको क्रियाशील सदस्यहरुको नाम निर्वाचन समितिमा आइसकेको छ । भने रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीको क्रियाशील सदस्यहरुको नाम अझै केन्द्रीय निर्वाचन समितिमा आइसकेको छैन ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गत भदौ १८ गतेबाट सुरु भएको छ । देशभरको वडा अधिवेशन सम्पन्न भइसकेपछि विभिन्न चरणमा पालिका, क्षेत्र जिल्ला हुँदै आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया