काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को पार्टी केन्द्रीय कार्यालय उद्घाटन भएको छ ।
शुक्रबार बिहान अध्यक्ष माधवकुमार नेपालले नयाँ बानेश्वरस्थित मीनभवनमा स्थापित नयाँ कार्यालयको उद्घाटन गरेका हुन् ।
पार्टी कार्यालय उद्घाटनका लागि मीनभवन पुगेका नेता नेपालले रिबन काटेर पार्टी कार्यालय उद्घाटन गर्दै अन्य बाँकी सांगठनिक संरचना निर्माण छिट्टै गर्ने जानकारी दिए ।

कार्यालय उद्घाटनपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुले पद प्राप्तिका लागि पार्टी गठन नगरेको स्पष्ट पारे । साथै आफूहरु देश र जनताप्रति समर्पित भएर अघि बढ्ने समेत बताए ।
‘कुनै पद प्राप्तिका लागि यो पार्टी गठन भएको होइन । देश र जनताप्रति समर्पित हुने हो । यही भावनाअनुसार अगाडि बढ्ने हो ।’
कार्यालय राखिएको उक्त घरको भाडा भने महिनाको ३ लाख तिर्ने गरी सम्झौता भएको एसका राष्ट्रियसभाका दलका नेता बेदुराम भुसालले बताएका छन् ।
एमालेसँग छुट्टिएर नयाँ दल दर्ता भए पनि एसको अन्य सांगठनिक संरचना र पार्टी कार्यालय उद्घाटनको काम भने बाँकी रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया