काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरेको छ । साथै सरकारले दुई जना पदाधिकारीलाई समेत नियुक्त गरेको छ ।
भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकले भूमि आयोग २०७८ गठन गर्दै अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष र उपाध्यक्षले बुधबार शपथ लिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए ।
उनका अनुसार अरु सदस्यहरु भने नियुक्त भएका छैनन् । सरकारले हालै देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया