सुराकी खर्चै २ करोड १७ लाख, आफूखुसी खर्च गर्ने परिपाटी

काठमाडौं, २ बैशाख – गृह मन्त्रालयले आर्थिक बर्ष २०७३/७४ मा सुराकीमै २ करोड १७ लाख खर्च गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।२२ बर्षअघिको मन्त्रिपरिषदको निर्णयका आधारमा गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकले एक बर्षको अवधिमा २ करोड १७ लाख खर्च गरेका हुन् ।गृह मन्त्रालयका अधिकारीका अनुसार सुराकी खर्चको नाममा गृहमन्त्री, सचिव, र महानिरीक्षकले आफूखुसी खर्च गर्ने परिपाटी पछिल्लो समय बढ्दै आइरहेको छ ।आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?