झापा पुगेर ओलीले गरे प्रचण्ड र माधव नेपालको कडा आलोचना

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहयोद्धाहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् ।

मंगलबार झापा पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले माधवकुमार नेपाल पार्टी फुटाएर गएकोबारे आलोचना गर्दै पिलो निचोरिएको आरोप लगाएका छन् ।

ओलीले पार्टीबाट माधव नेपाल चोइटिएर गएको बताए । ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’ ओलीले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव नेपाले १५ वर्ष महासचिवमा रहँदा फाइदा मात्रै उठाएको आरोप लगाए । नेपाल कम्युनिष्ट आन्दोलनमा जोडिए पनि रसायन नपुगेको कारण छुट्टिएको बताए । ‘माधव नेपाल आन्दोलनमा जोडिएका थिए फेरि छुट्टिए । यसरी जोडिएका रहेछन् कि रसायन नै पुगेको रहेनछ । पकलक्क फुक्लियो ।’ ओलीले भने ।

त्यस्तै नेपालले कम्युनिष्ट पार्टीको शिद्धान्त छोडेको बताउँदै कमरेड नभन्न समेत आग्रह गरे । ‘अब कमरेड माधव नेपाल होइन, एमाले विरोध माधव नेपाल ।’

त्यस्तै ओलीको पूर्व सहयोद्धा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोकेबाज नेताको संज्ञा दिएका छन् । ओलीले प्रचण्डले परिवारवादमा लिप्त रहेको आरोप लगाउँदै राजनीतिक दुनो मात्रै सोझो बनाउने काम गरेको बताए ।

‘प्रचण्ड असल बाबु, असल काका हो, असल ससुरा हो, असल सम्धी हो । तर धोकेबाज नेता हो । नेता कार्यकर्ताको रगत पसिनामाथि आफ्नो राजनीतिक दूनो सोझो पारेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?