राताम्य बन्यो सेयर बजार, ५ अर्बमा खुम्चियो कारोबार

लोकपथ
468
Shares

काठमाडौं । आज (मंगलबार) सेयर बजारले पुन: ओरालो यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । आज कारोबार रकम ५ अर्बमा खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.२१ अंकले घटेर ५४५.६६ विन्दुमा पुगेको छ ।

मंगलबार कुल २२२ कम्पनीको एक करोड ६ लाख ३९ हजार ८२६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसमूहमा १३ वटै समूहको सेयरमूल्य घटेको छ । आज निर्जीवन बीमा समूहको सेयरमूल्य सर्वाधिक घटेको छ । यो समूहको सेयरमूल्य २.०४ प्रतिशतले घटेको हो ।

आज मनकामना लघुवित्त र सानिमा लाइफ इस्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाउँदा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?