प्रहरीले मापसे जाँच गर्न खोज्दा ब्रेथलाइजर नै फुटाइदिएपछि…

लोकपथ
1.3k
Shares

काठमाडौं । भक्तपुरमा सूर्यविनायक नगरपालिका-५ सल्लाघारीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं पेप्शीकोला बस्ने ४२ वर्षीय सोमनाथ अधिकारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ९ च २७६३ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग कटुन्जे र ट्राफिक प्रहरी समेतको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मादक पदार्थ सेवन जाँच गर्न खोज्दा विवाद गरी १ थान ब्रेथलाइजर फुटाउनुको साथै प्रहरीलाई अभद्र व्यवहार गरेपछि कार चालक सोमनाथलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?