काठमाडौं । असोजको दोस्रो साताबाट दशैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरिएको छ ।
यातायात व्यवस्था विभागले दशैँका लागि असोजको दोस्रो साताबाट टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।
विभागले यातायात व्यवसायीहरुसँग छलफल गर्दै उपत्यका छोड्ने यात्रुहरुका लागि टिकट बुकिङ खुला गर्न लागेको हो । यसबारेमा सरकारसँग समेत छलफल गरिएको विभागले जनाएको छ ।
यसअघिका दशैँमा करिब २० लाखले उपत्यका छाड्ने गरेका थिए । कोरोना महामारीको कारण गत वर्षको दशैँमा त्यो संख्या आधा घटेको थियो । दशैँका समयमा टाढा जाने यात्रुहरुका लागि सहजता प्रदान गर्नका लागि सरकारले प्रत्येक वर्ष अग्रिम टिकट बुकिङको व्यवस्था गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया