काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन आगामी मंसिर २४ र २५ गते काठमाडौंमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हुँदै आएको थियो ।
संघका अध्यक्ष डा प्रकाश ज्ञवालीका अनुसार संघमा करिब ८०० सदस्य आवद्ध छन् ।
महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उनले बताए।
महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया