काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा केहीबेर अघि बैठक सुरु भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसदमा अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
आजको बैठकमा सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु उपस्थित रहेका छन् । तर नेकपा एमालेले भने सर्वदलीय बैठकमा नजाने घोषणा गरिसकेको छ । एमाले फुटाउन भूमिका खेलेको भन्दै सभामुखविरुद्ध निरन्तर संसदमा नाराबाजी गरिरहेको एमालेले आजको बैठक नजाने घोषणा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया