नुवाकोटमा कांग्रेस महाधिवेशनको सरगर्मी बढ्यो, विदुर नगरसभापतिमा रिमालको दाबी

लोकपथ
616
Shares

काठमाडौं । नुवाकोटमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएसँगै गाउँ/नगर अधिवेशनको माहोल तातेको छ ।

सोही क्रममा विदुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष समेत रहेका नेता बद्री रिमालले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विदुर नगरपालिका वडा नं ३ का ईकाइ सभापति समेत रहेका रिमालले आगामी असोज ९ गते हुने वडा नगर अधिवेशनका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

आगामी महाधिवेशनबाट आफूले कांग्रेसभित्रको गुट उपगुटलाई व्यवस्थापन गर्दै पार्टीलाई एकढिक्का बनाउने उदेश्यसहित उम्मेदवारी घोषणा गरेको बताएका छन् । आफूले नगरपालिकामा सबै वडाहरुमा कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु र वडा सभापतिहरुसँग छलफल गरेर उम्मेदवारी घोषणा गरेको बताए ।

कांग्रेसको नयाँ कार्यतालिका अनुसार गत भदौ २१ गते नगरका सबै वडाहरुमा अधिवेशन सम्पन्न भएको छ । कतिपय वडाहरुमा निर्वाचन भएको छ भने सर्वसम्मत नेतृत्व चयन भएको छ ।

यता जिल्लाको अर्को नगरपालिका बेलकोटगढीमा समेत नगरसभापतिका आकांक्षीहरुको नाम बाहिरिएको छ । सोही क्रममा कृष्णप्रसाद पाण्डेले बेलकोटगढीको नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । भने नेताहरु इन्द्र लामा, बैकुण्ठबहादुर पाण्डे, लेखनाथ मुडभरी लगायत आकांक्षी रहेका छन् ।

कांग्रेसको परिमार्जित कार्यतालिका अनुसार आगामी असोज ९ गते देशभर कांग्रेसको गाउँ÷नगर अधिवेशन हुँदैछ । विभिन्न चरणहरु गरि मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन काठमाडौंमा हुँदैछ ।

यो पनि

कांग्रेस महाधिवेशन : बेलकोटगढीको नगर सभापतिमा पाण्डेको दाबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?