टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन शुभारम्भ

लोकपथ
35
Shares

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन शुभारम्भ हुने भएको छ । समता फाउन्डेसनले निर्माण गरेको ‘जातको प्रश्न’ को दोस्रो सिजन २०७८ असोज २२ देखि सुरु हुने भएको हो । जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जात(जातिले संवाद गर्नुपर्छ भन्ने धारणका साथ ‘जातको प्रश्न’ को दोस्रो सिजन सुरु गरेको फाउन्डेसनले जनाएको छ ।

कार्यक्रमलाई अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, सङ्गीतकर्मी प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुङ्गाना चौधरीले सञ्चालन गर्ने जनाइएको छ ।

‘जातको प्रश्न’ को दोस्रो सिजन १२ अङ्कको हुनेछ । निर्देशक शान्ता नेपालीको नेतृत्वमा निर्माण हुने ‘जातको प्रश्न’ मा अनुभवी पत्रकार विवेक रेग्मी, लेखक भानु बोखिम तथा समता फाउन्डेसनका अनुसन्धानकर्ताले कार्यक्रमका लागि अनुसन्धान र लेखन गरेका छन् ।

यस पटक जातको प्रश्नमा नेपाली दलितले बाँचेको जीवनका यथार्थ, ज्ञान र अनुभवका कथाहरू बुनिएका छन् । कथा समग्र नेपाली दलित समुदायको प्रतिनिधि हुन्, दलित प्रतिरोधका गाथा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?