नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकामा वडा अधिवेशन सकिएपछि नगर अधिवेशनको सरगर्मी बढेको छ ।
भदौ २१ गते वडा अधिवेशन सम्पन्न भएपछि नगर अधिवेशनको सरगर्मी बढेको हो ।
सोही क्रममा बेलकोटगढी–१३ का नेपाली कांग्रेसका नेता कृष्णप्रसाद पाण्डेले नगरसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
२१ गते सम्पन्न वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधि निर्वाचित पाण्डेले संगठनलाई सशक्त बनाउने नारासहित उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
नेतृत्व हस्तान्तरको आवाज उठिरहेका बेला नयाँ र पुरानो पुस्ताबीच समन्वयकारी भूमिका निभाउने सक्ने प्रतिबद्धतासहित आफूले उम्मेदवारी घोषणा गरेको पाण्डेले बताए ।
२०४३ सालबाट पिपुल्स क्याम्पसबाट राजनीति सुरु गरेका पाण्डे सफल व्यवसायी समेत हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह लामासँग नजिक मानिने क्षेत्र नं २ का क्षेत्रिय सदस्य रहेका छन् ।
त्यस्तै उनीसँगै नगरसभापतिको आकांक्षीहरुमा बैकुण्ठ बहादुर पाण्डे, लेखनाथ मुडभरी र इन्द्र लामा लगायतका नेताहरु रहेका छन् ।
राजनीतिक हिसावले महत्वपूर्ण मानिने बेलकोटगढीका वडा नं ४ मा बाहेक अन्य सबै वडाहरुमा अधिवेशन सम्पन्न भएको छ । १३ वटा वडामध्ये कतिपयमा सर्वसम्मत भएको छ भने कतिपयमा निर्वाचनमार्फत् पदाधिकारी सदस्य तथा क्षेत्रिय प्रतिनिधिहरु छनोट भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया