‘यथास्थितिमा एमसीसी स्वीकार गर्न सकिन्न’

लोकपथ
28
Shares

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)मा आवद्ध युवा संगठन वाईसीयल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई स्विकार नगर्न सरकारलाई सचेत गराएको छ ।

सुमन देवकोटा नेतृत्वको वाईसीयल नेपाल केन्द्रीय समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बुँदाहरु नसच्चिएसम्म सो सम्झौंता पारित नगर्न सरकार र संघीय संसदलाई सचेत गराएको हो ।

वाईसियल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तराष्ट्रिय सहयोग, अनुदानहरु स्विकार गर्न नसकिने बताए ।

उनले भने, ‘एमसीसीलगायतका कुनै पनि सहयोग, अनुदानहरु देशको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखी स्विकार गर्न सकिदैन । नेपालको संविधानसँग बाझिएका एमसीसीका बूँदाहरु नसच्याई पारित नगर्न यो राष्ट्रिय भेला सरकारलाई चुनौती दिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?