संसदमा एमालेको नाराबाजी : सभामुखले दिए सुवाललाई बोल्ने समय

लोकपथ
483
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले आर्थिक अध्यादेश अस्वीकार गरेका छन् ।

शुक्रबारको बैठकमा एमालेका सांसदहरुले निरन्तर संसदमा नाराबाजी गरिरहेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले निरन्तर महत्वपूर्ण विषयहरुमा छलफल गर्नुपर्ने भन्दै नाराबाजी रोक्न आग्रह गरेका थिए । तर सांसदहरुले नमानेपछि सभामुख सापकोटाले सुवाललाई बोल्ने समय दिएका थिए ।

तर सांसद सुवालले प्रमुख प्रतिपक्षी दलको अवरोधकाबीच आफूले आर्थिक विद्येयकको विपक्षमा प्रस्ताव राख्न नसक्ने भन्दै त्यसको वातावरण बनाउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?