कोरोना संक्रमणको हिसावले नेपाल कति औँ स्थानमा ?

लोकपथ
728
Shares

काठमाडौं । नेपाल कोरोना संक्रमणको हिसावले विश्वको ४२ औँ स्थानमा रहेको छ । कोरोना संक्रमणको जोखिम मापन गर्ने वल्डोमिटरको तथ्यांक अनुसार सर्बियापछि नेपाल रहेको छ । भने नेपालपछि युनाइटेड अरब इमिरेट्स र क्यूबा रहेको छ ।

हाल नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६० हजार ८ सय ६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने हाल नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ६ सय ७८ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण १० हजार ९ सय ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप १४ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमण निको हुने दर ९४ दशमलव ९ रहेको छ । भने हालसम्म नेपालमा ७ लाख ३५ हजार ६ जना कोरोना संक्मणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप १ हजार ८ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?