१. आजै काठमाडौं आएकी एमसीसी उपाध्यक्ष फतिमा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता, एमसीसी पास गर्ने÷नगर्ने जिम्मा सरकारको हातमा भएको ओलीको स्पष्टोक्ति
२ आज हिन्दु नारीहरूको विशेष पर्व हरितालिका तीज, निरहार व्रत बसेर आफ्ना श्रीमानको दीर्घायुको कामना गर्दै भगवान् शिवको पूजा आरधना
३ नेपालमा पछिल्लो २४ घन्टामा गरिएको ११ हजार ९ सय ४४ परीक्षणमा थप १ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ८ सय ४५ जना कोरोना संक्रमणमुक्त, १४ जनाको मृत्यु
४ मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनमा रहेका शीर्ष दलका नेताहरूबीच समझदारी, एक÷दुई दिनभित्र मन्त्रीमण्डल विस्तार हुने
५ कांग्रेसको १४औं महाधिवेशनमा विश्वप्रकाश शर्माद्वारा महामन्त्रीमा उम्मेदवारीको घोषणा, आफू महामन्त्री भएर १५ वर्षसम्म कांग्रेसलाई सरकारमा राख्ने प्रतिबद्धता
६ एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई कालो झण्डा देखाउन खोज्ने १५ जना पहरी नियन्त्रणमा, देशैभर एमसीसीको विरोधमा प्रदर्शन
७ कांग्रेसको १४औं महाधिवेशन गर्ने सर्वोच्च अदालतले खोलिदियो बाटो, महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज
८ नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले लिए पद तथा गोपनीयताको शपथ, राष्ट्रपति भण्डारीद्वारा दज्र्यानी चिह्न प्रदान
९ भारतीय क्रिकेट लेजेन्ड सौरभ गांगुलीको बायोपिक बन्ने, आफ्नो बायोपिक हेर्न उत्सुक रहेको भन्दै निर्मातालाई दिए सुभकामना
१० ट्वीटरले सार्वजनिक ग-यो कम्युनिटिज फिचर, अब फेसबुकमा जस्तै ग्रुप बनाउन मिल्ने
११ निरन्तर ओरालो लागिरहेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन पनि भएन सुधार, शून्य दशमलव ६२ अंकले घटेर २८ सय ७५ दशमलव ९७ अंकमा रोकियो
१२ विरोध प्रदर्शनको समाचार बनाइरहेका अफगानी पत्रकारमाथि तालिबानले गरे निर्घात कुटपिट, आम जनता त्रसित
१३ पूर्वसरकारी अधिकारीहरूलाई देश फर्किन तालिबानको सरकार प्रमुखको आग्रह, अफगानिस्तानमा उनीहरूको सुरक्षाको पूर्ण प्रत्याभूति गरिने तालिबानको दाबी
१४ आईटीएफ एसियामा नेपालका पाँच खेलाडी सहभागी हुने, ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली भोलि पाकिस्तानको इस्लामावाद जाँदै
१५ र आईसीसी टी–ट्वान्टी विश्वकपका लागि ओमानको क्रिकेट टिम घोषणा, विश्वकप यूएई र ओमानमा अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुँदै
https://www.facebook.com/lokpath/videos/638786150424482
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया