बहुविवाह तथा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
168
Shares

मकवानपुर । बहुविवाह मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका-१० बस्ने पर्सा घर भएका ३४ वर्षीय नितेश प्रसाद केशरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत रौतहटको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपलिका-१० बाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रौतहट पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी मकवानपुर, चोरी मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका-६ बस्ने दिल बहादुर राउत क्षेत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत हेटौंडाको २०४८ साउन २३ गतेको फैसलाले चोरी मुद्दामा ४ महिना ३ दिन कैद तथा ३ हजार जरिवाना र अर्को चोरी मुद्दामा १७ दिन कैद तथा २ हजार ९ सय रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सोही उपमहानरगपालिका(६ बाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत हेटौंडा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?