काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापाकोटाले आफू संविधान बमोजिम अघि बढ्ने बताएका छन् ।
बुधबारबाट सुरु भएको प्रतिनिधि सभाको नवौँ अधिवेशनको पहिलो बैठकमा एमालेको अवरोवपछि सो कुरा बताएका हुन् ।
एमालेका सांसदहरुको नाराबाजीकाबीच सभामुख सापकोटाले भने- ‘म संविधान नियम कानुन बमोजिम चल्न प्रतिवद्ध छ’ ।
त्यस्तै आफूले संविधानको कुनै बर्खिलाप नगरेको बताए ।
‘मैले संविधानको बर्खिलाप गरेको छैन ।’ सभामुख सापकोेटाले भने ।
नाराबाजीका उठेका सांसदहरुले संवैधानिक सर्वोच्चता कायम गर, पक्षपातको व्यवहार बन्द गर लगायतका नाराहरु लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया