काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजीको माग गर्दै विरोध प्रदर्शन भएको छ ।
शुक्रबार काठमाडौंस्थित अमेरिकी दूतावासअघि ‘एमसिसी खारेज राष्ट्रिय अभियान’ले एमसिसी खारेजीको माग गर्दै प्रदर्शन गरेको हो।
शुक्रबार बिहान प्रदर्शनकारीहरुले ‘ब्याक अफ एमसिसी’, ‘रिजेक्ट एमसिसी’जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरेका छन् ।
प्रर्दशनका क्रममा प्रहरीले १० प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उक्त अभियानका संयोजक निर्ग जैसी (नवीन) जैसीसहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली छन् ।
उक्त समूहले यसअघि नै उक्त अभियानले एमसीसी खारेजीको मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया