कर्णाली । मष्टो मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई जुम्ला प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–९ का २० वर्षीय विशाल सार्की र सोही ठाउँका २० वर्षीय कमल सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवंं प्रहरी निरीक्षक नवीन थापामगरले जानकारी दिए ।
पीडित युवतीले दुवैले आफूमाथि सामूहिक बलात्कार गरेको र बलात्कार गर्नु अघि आफ्नो हातबाट मोबाइल खोसेको उजूरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक थापामगरले बताए । उनले भने, “ उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएका छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया