गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थपिएका कोरोना सङ्क्रमितको दोब्बर सङ्ख्यामा निको भएका छन् ।
यस अवधिमा ३२८ सङ्क्रमित थपिएका छन् भने त्यसको दोब्बर ६५६ जना निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । मृत्यु हुनेमा कास्कीका छ, तनहुँ, पर्वत र म्याग्दीका एक÷एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २६८ जना पुगेको छ ।
गण्डकीका मन्त्रीद्वय कोरोनामुक्त
गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापा र कृषि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढामगर कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
विगत १५ दिनदेखि होम आइसोलेशनमा रहेका मन्त्रीद्वयको दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
सामान्य रुघाखोकी र ज्वरो देखिएपछि उपचार गर्न जाँदा दुई हप्ताअघि उहाँहरूको स्वाब सङ्कलन गरिएको थियो । स्वाब परीक्षण गर्दा उहाँहरूमा सङ्क्रमण पुष्टि भएको थियो । कोरोनामुक्त भएसँगै उनीहरू मन्त्रालयको नियमित काममा फर्किएका प्रमुख स्वकीय सचिव क्रमशः लोकेन्द्र थापा र प्रेम रोकामगरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया