कालीगण्डकीको सहायक खोला थुनिएर ताल बन्यो, सतर्कता अपनाउन प्रशासनको आग्रह

लोकपथ
595
Shares

काठमाडौं । पहिरोले कालीगण्डकी नदीको सहायक नदी राहुघाट खोला थुनिँदा आसपासका क्षेत्रहरु जोखिममा परेका छन् ।

आज बिहान ५ बजे झरेको पहिरोको कारणले राहुघाट खोला थुनिएर ५० मिटर गहिरो र ५०० मिटर लामो ताल परेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङले उक्त ताल एक्कासी फुट्न सक्ने भन्दै तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सावधान रहने समेत आग्रह गरिएको छ ।

‘म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ६ रायखोरमा मूलपानी र वडां ७ चिमखोलाको गौडामुनीबाट आज बिाहन ५ बजेतिर झरेको पहिरोले कालीगण्डकी नदीको सहायक नदी राहुद्दाट खोला थुनिन गई करिब ५० मिटर गहिरो र ५०० मिटरभन्दा लामो ताल परेको सूचना प्राप्त भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ । ‘पहिरो झर्ने क्रम चलिरहेकोले खोला अझै लामो समय थुनिन गई एक्कासी फुट्न सक्ने भएकाले कालिगण्डकी नदीको तटीय क्षेत्रमा जोखिम हुनसक्ने हुँदा तटीय क्षेत्रमा बसोबास गर्ने तथा अन्य प्रयोजनका लागि तटीय क्षेत्रमा जाने आउने सम्पूर्ण नागरिकहरुलाई उच्च सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?