काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सशस्त्र प्रहरी वरिष्ठ हवल्दार राजीशरण साहसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
साहले घरमा प्रयोग गर्न बिस्कुटलगायत घरायसी सामग्री नेपाल–भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ५ हजार घुस मागेको भन्ने उजुरी एवं सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
महोत्तरीको गौशाला नगरपालिका–५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा साह कार्यरत छन् ।
त्यसैगरी गौशाला नगरपालिका बस्ने रामआशिष साहलाई ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गौशाला नगरपालिका–४ निगौल चोकबाट मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तिायारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया