म्याग्दी । म्याग्दीमा बैंकिङ कसुर मुद्दामा फरार एक महिला पक्राउ परेकी छन् ।
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी बेनी नगरपालिका–२ बस्ने २९ वर्षीया शोभा घिमिरेलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत म्याग्दीको फैसलाले बैंकिङ कसुर मुद्दामा ६ महिना कैद र ७ लाख ७४ हजार ५ सय ४८ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत म्याग्दीमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया