राजनीतिक दल विभाजन अध्यादेशविरुद्ध ६ वटा रिट दायर

लोकपथ
42
Shares

काठमाडौं । राजनीतिक दल विभाजनलाई सहज हुने गरी सरकारले जारी गरेको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट दायर भएको छ ।

अधिवक्ताहरू अर्जुन अर्याल र शकुन्तला भुषालले, निकेशकमार लम्साल र अनुपा अर्यालले, प्रवेश केसीले, श्रीकान्त बरालले, दलबहादुर धामीले तथा अधिवक्ता सरोज बुढाथोकी र आशिष श्रेष्ले छुट्टाछुट्टै अध्यादेशविरुद्ध रिट दायर गरेका हुन् ।

सरकारले संसदीय दल र केन्द्रीय समितिको २० प्रतिशत संख्याले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न भदौ २ गते अध्यादेश ल्याएको थियो । संसद अधिवेशन चालु रहेको अवस्थामा एक्कासी अधिवेशन अन्त्य गरेर सरकारले भोलिपल्ट अध्यादेश जारी गरेको थियो ।

अध्यादेश जारी भएलगत्तै एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?