काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माको बढुवाका लागि सिफारिस गरेको छ।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले कायममुकायम प्रधानसेनापति शर्मालाई महारथी पदमा पदोन्नती गरिएको हो।
सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया