काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालको नवगठित पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
बिहीबार काठमडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ । आज बिहान मात्रै हामी प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र म बसेका थियौं । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्न हुँदैन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर समझदारी बनेको छ । यो दर्ता भएको पार्टीको सनाखत हुनेबित्तिकै एकै दिनमा मन्त्रिपरिषद् विस्तारलाई टुंग्याउनुपर्ने कुरा भएको छ।’
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै माधवकुमार नेपालले नयाँ दल दर्ता गरेका छन् ।
असार २९ गते शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बने पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया