चीनबाट थप आठ लाख डोज खोप नेपाल आइपुग्यो

लोकपथ
392
Shares

काठमाडौं । नेपाल सरकारले चीन सरकारसँग खरिद गरेको थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले खरिद गरेको थप ६० लाखमध्येको आठ लाख डोज खोप नेपाल आइपुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएराति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको हो ।

यस्तै चीनबाट थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज खोप यही अगस्टको अन्तिम साता आइपुग्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?