पार्टी फुटाएर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गरिएको छ : महासचिव पोखरेल

लोकपथ
154
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी फुटाएर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै एमाले पार्टी फुट्नु एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालकै कम्युनिष्ट आन्दोलन तथा मुलुकमा लोकतान्त्रिक राजनीतिक आन्दोलनमा कालो धब्बा लगाउने काम भएको बताए ।

पार्टीलाई एकताबद्ध बनाउने अनेक प्रयत्न गरिएको भएपनि ति प्रयासका बाबजुद यसबीचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको महासचिव पोखरेलले उल्लेख गरेका छन् ।

उनले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिँदैमा फरक नपर्ने भन्दै धैर्यता नगुमाउन देश, विदेशमा रहेका नेता, कार्यकर्ताहरुलाई अपिल समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?