माधवकुमार नेपालको एमाले समाजवादी पार्टी : ३१ सांसद र ५८ केन्द्रीय सदस्यको साथ

लोकपथ
2.4k
Shares

काठमाडौं । माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। नेता नेपालको नयाँ दल दर्ताका लागि ३१ जना सांसदहरुले साथ दिएका छन् ।

जसमा एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना सांसद रहेका छन्।

नेपाल पक्षले दर्ता गरेको एमाले समाजवादी पार्टीमा झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहनेछन् ।

बुधबार नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस भएको हो।

त्यस्तै एमाले समाजवादी पार्टीको केन्द्रीय समिति ९५ सदस्यीय रहनेछ ।

एमाले समाजवादी पार्टीको निर्वाचन चिह्न खुला किताब राखिएको छ ।

यसअघि नै खुला किताब चिह्न परेको कारण उक्त चिह्न नराख्न उन्नत लोकतान्त्रिक पार्टीले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?