जसपा लोकतान्त्रिकको वरिष्ठ नेता बने राजेन्द्र महतो

लोकपथ
378
Shares

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर जसपा नेपाल लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका महन्थ ठाकुर पक्षले पार्टीलाई सशक्त बनाउने उद्घोष गरेको छ ।

निर्वाचन आयोगको परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो पार्टीको वरिष्ठ नेताको जिम्मेवारी पाएका राजेन्द्र महतोले पार्टीलाई सशक्त ढंगले अघि बढाइने बताए ।

उनले एकताबद्ध रहेको पार्टीलाई उपेन्द्र यादवले फुटाइदिएको आरोप लगाउँदै नयाँ पार्टी बनाउनु आफूहरुको बाध्यता रहेको बताए ।

त्यस्तै पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् । यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने महतोको भनाइ छ ।

आफूहरुको पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेको महतोले बताए । पार्टीको चुनाव चिन्ह साइकल कायम गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?