अफगानिस्तानबाट दोहा हुँदै नेपाल आइपुगे थप ७२ नेपाली

लोकपथ
511
Shares
sf7df8f}F, ! ebf} . hlh/f Po/nfOG; ljdfgdfkm{t g]kfn cfOk’u]sf g]kfnL gful/sx?nfO{ g]kfnL ;]gfn] ;xof]u ub}{ . t:jL/ M gf/fo0f Gof}kfg], /f;;

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् ।

उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

अफगानिस्तानबाट लण्डन पुर्‍याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौं ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । ‘उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ’, उनले भने।

मंगलबार दुई चरणमा गरी २०५ व्यक्तिलाई काठमाडौं ल्याइएको थियो । जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो ११८ र राति ८७ नेपाली स्वदेश फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?