काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको आज सुनुवाइ हुँदै छ ।
घिसिङको नियुक्ति बदरको मागसहित निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको हो ।
न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
सर्वोच्चको १०औँ नम्बरमा उक्त मुद्दाको पेसी तोकिएको छ ।
शाक्यले आफूलाई गैरकानुनी तवरबाट प्राधिकरणको प्रमुख पदबाट हटाइएको दाबी गर्दै पुनः नियुक्तिको माग समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया