गान्धीको समाधिस्थलमा पुगेर के लेखे ओलीले ?

काठमाडौं, २४ चैत । तीन दिने भारत भ्रमणमा रहेका प्रधामन्त्री केपी शर्मा ओली महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर गान्धीको समाधीमा श्रद्धान्जली अर्पण गरेका छन् ।भारतीय राष्ट्रपति राम नाथ कोविन्दसँगको भेटवार्तापछि ओली गान्धीको समाधिस्थलमा श्रद्धान्जली अर्पण गर्न पुगेका हुन् ।श्रद्धान्जली अर्पण गरेपछि राखिएको आगन्तुक पुस्तिकामा ओलीले गान्धीको प्रेम, सत्य र अहिंसावादी चिन्तनको प्रशंशा गरेका छन् ।यसअघि ओलीलाई भारतले आर्ड अफ अनर सम्मान दिएको थियो । ओली शुक्रबार भारत भ्रमणका लागि गएका थिए ।बिहिबार प्रधानमन्त्री ओलीको व्यस्त तालिका छ । भ्रमण तालिका अनुसार बिहिबार ११:२५ मा ओली र मोदीको भेटघाट, १२ बजे डेलिगेसन तहको भेटघाट, १ बजे सहमतिहरुको आदानप्रदान, १ देखि ३ बजेसम्म लञ्च तथा अन्य अनौपचारिक भेटघाट, ३:३५ मा भारतिय अर्थमन्त्री अरुण जेट्लीले भेट्ने, ४:१५ मा भारतिय उपराष्ट्रपतिलाई भेट्ने, ५ बजे भारतिय राष्ट्रपतिलाई भेट्ने कार्यक्रम रहेको छ ।यस बाहेकको समयमा ओलीलाई भारतका विभिन्न राजनितिक दलहका नेताहरुले भेट्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?