मन्त्रीको घरमा दिउँसै चोरी

काठमाडौं, २४ चैत । काठमाडौंको महांकालस्थित प्रदेश मन्त्रीको घरमा शुक्रबार दिउँसै चोरी भएको छ । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी भएको हो ।शुक्रबार दिउँसो नै आफ्नो घरबाट चार–पाँच तोला सुन चोरी भएको भन्दै बौद्ध प्रहरीमा उजुरी गरेकी छन् ।प्रहरीले घरको पछाडितिरको ढोका फोरेर चोर भित्र पसेर चोरी गरेको देखिएको बताएको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ ।स्थापितको सो घरमा कोही थिएनन् । स्थापितको परिवार सो घरमा कहिलेकाहिँ मात्र बस्ने गर्दथ्यो । मान्छे कोही नरहेको मौका पारेर चोरी भएको स्थापित परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?