दिल्लीमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान

नयाँदिल्ली, २४ चैत । तीनदिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गार्ड अफ अनर ग्रहण गरेका छन् । राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारको तर्फबाट सम्मान स्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।भारतमा विशिष्ट पाहुनाहरुको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ ।गार्ड अफ अनर ग्रहण पछि पत्रकारहरुलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय जनता र सरकारको तर्फबाट उच्च सम्मान पाएकोमा खुसी व्यक्त गरे ।उनले सुखी नेपाली र समृद्ध नेपालको अभियानमा भारतसहित सबै छिमेकी मुलुकको साथ र सहयोगको अपेक्षा नेपालले राखेको जानकारी दिए । यसका लागि भारतीय प्रधानमन्त्री मोदीसँग छलफल भएको जानकारी दिए ।भारतले पनि ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपालले भारतसँग हरेक प्रकारको अपेक्षा गरेको बताए ।गार्ड अफ अनर ग्रहणपछि प्रधानमन्त्री ओलीले महात्मागान्धीको समाधीस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?