साँझपख सवारी चलाउँदा यी कुरामा ध्यान दिनुपर्छ (टिप्ससहित)

लोकपथ
91
Shares

काठमाडौं – सवारीसाधन चलाउँदा जुनसुकै अवस्था, समय र बेला पनि सावधानी र ध्यान दिनुपर्छ। तर सवारीसाधन चलाउँदा त्यस्ता केही समय जुनबेला एकदमै ध्यान दिनुपर्छ । जसका कारण दुर्घटना हुनबाट बच्न र अरुलाई बचाउन सकिन्छ।

यस्ता छन् सवारी चालकको लागि टिप्स
-सवारीको कन्डिसन ठीक छ कि छैन बुझेर चेक गरेर मात्रै सडकमा निस्कनुहोस् ।
-साँझमा दृश्य स्पष्ट नहुने भएको कारण बिस्तारै हाँक्नुहोस्
-पैदलयात्रुले कन्ट्रास नहुने कपडा लगाएका कारण तपाईंलाई परबाट देख्न असहज हुन्छ । यसमा सदैव होसियार हुनुहोस् ।
-साँझमा पिक आवर पनि हुने कारणले मानिसको भीडभाड र सवारीको बाक्लो संख्या हुने भएको कारणले यसमा पनि सचेत रहनुहोस् ।
-स्पिड कम गर्नुहोस्
-साँझको समयमा अझ बढी ध्यान एकीकृत गर्नुहोस् । तपाईंको आँखा जहाँ पर्छ स्वाभाविक रुपमा ध्यान पनि त्यहीँ पुग्छ तर सवारी हाँक्दा गफ गर्ने, दायाँबायाँ बसेका चालकसँग कुराकानी गर्ने, मोबाइल चलाउने वा फोनमा गफिने, म्यासेज गर्ने, हेर्नेलगायत काम गर्दा दुर्घटना हुनसक्छ । यस्तो नगर्नुहोस् । आफ्नो गति र सवारी गुडाइरहेको सडकको बारेमा ध्यान दिनुहोस्

-निद्रा नपुगेको, थाकेको, अल्छी लागेको, चिन्ता परेको समयमा सवारी चलाउनु हुँदैन। अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीका कारणले हुने गरेका छन्। त्यसकारण चालकले आफू हरहिसाबले जोखिम लिनु हुँदैन।

-सवारीमा ‘फिक्स्ड’ गरिएका ऐना मिलाउनुहोस् आफ्नो ड्राइभिङ सिट केही तल राख्नुहोस् सिट माथि उठाएर राख्दा गाडीको स्पिड धेरै भए पनि चालकलाई कम लाग्न सक्छ। सडकबत्तीमा पनि ध्यान दिनुहोस् ।

-बरु १० मिनेट छिटो निस्कनुहोस् तर गन्तव्यमा छिटो हतार गरेर दौडँदा जथाभावी ओभरटेक गरेर हिँड्दा दुर्घटना पर्न सक्छ ।

-ठूला सवारी हाँक्नेहरुले दायाँबायाँ हेर्नुपर्छ ।

-आफ्नो लेनमा रहनुहोस्।

बाइक चलाउँदा ख्याल गर्नुस् यी कुरा
-आकर्षक होइन, बलियो हेल्मेट लगाऔँ

-बाइकको स्पिडलाई ध्यान दिऔं

-दुवै ब्रेक लगाउन सिकौं

-गति कम गरौँ

-सुरक्षित दूरीमा बसौँ

-सिंग्नलको प्रयोग गरौँ
-जेब्राक्रसिङ, ट्राफिक लाइटबारे ध्यान दिऔँ
-कहिलेकाहीँ अरुको कारणले पनि दुर्घटनामा पर्न सकिन्छ। यसप्रति सचेत हुनुपर्छ। आफू राम्रो सवारी चलाउँछु भन्नेमा ढुक्क भएर मात्र पनि पुग्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?