काठमाडौं, २३ चैत । केन्द्रमा नयाँ सरकार बनेसँगै सरकारले मन्त्रालयका सचिवहरुको सुरुवा गरेका छन् ।प्रधानमन्त्री कार्यालयमा रहेका सचिव प्रेमकुमार राईलाई गृहसचिव बनाइएको छ । गृह मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।प्रधानमन्त्री कार्यालयमै रहेका अर्का सचिव खगराज बराललाई शिक्षा सचिव बनाइएको छ ।महेन्द्रमान गुरुङलाई सञ्चार सचिव बनाइएको छ । गुरुङ पनि यसअघि प्रधानमन्त्री कार्यालयमै थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव राजन खनाललाई अर्थसचिव बनाइएको छ भने अख्तियारमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई लगिएको छ ।राष्ट्रिय योजना आयोगका विष्णु लम्साल रक्षा मन्त्रालय,सचिव शरच्चन्द्र पौडेल योजना आयोगमा पुगेका छन् ।त्यसैगरी मधुसुदन अधिकारीलाई भौतिक पूर्वाधार मन्त्रालय छ भने यस अघि अधिकारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा थिए ।युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम तथा रोजगार मन्त्रालय, नेपाल ट्रष्ट कार्यालयमा कार्यरत अर्जुनकुमार कार्कीलाई पुनिर्निर्माण प्राधिकरण पाएका छन् ।वनसचिव डा. युवकध्वज जीसीलाई कृषि मन्त्रालयको सचिव बनाइएको छ भने पशुपंक्षी सचिव विश्वनाथ ओलीलाई वन मन्त्रालयमा सरुवा गरिएको छ ।अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । शिक्षा सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पाएका छन् ।प्रदेश १ का कामु मुख्यसचिव यादवप्रसाद कोइराला काठमाडौं महानगरपालिकामा सरुवा भएका छन् ।त्यस्तै पर्यटन मन्त्रालय, कानून मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय लगायतका सचिवहरु यथावत राखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया