नयाँदिल्ली । अजय देवगनले बनाउन लागेकाे फिल्म ‘भूज’मा चर्चित आइटम डान्सर माेराले मौका पाएकी छिन् । उक्त फिल्ममा अजय देवगनले केन्द्रीय भूमिका निर्वाह गरेका छन् । त्यससँगै सन्जय दत्त, सोनाक्षी सिन्हा, एमी विर्क, शरद केलकर र नोरा फतेही आदिको अभिनय देख्न सकिन्छ । नोरा फतेही धेरैजसो आइटम डान्सरको रुपमा देखा पर्दिथन् ।
यद्यपि भूजमा उनको महत्वपूर्ण भूमिका छ । उनको भूमिका पहिले परिणिति चोपडालाई दिइने कुरा भएको थियो । तर, सोनाक्षीको भन्दा कमजोर भूमिका दिइने बुझेपछि परिणिती पछि हटेकी थिइन् । अन्ततः त्यो रिक्त ठाउँमा नोराले ठाउँ पाइन् ।
फिल्ममा उनी एक रअ एजेन्ट हुन्, जुन छिमेकी मुलुकमा काम गर्छिन् र आफ्नो मुलुकको हितका लागि भूमिका खेल्छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया